काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आउँदो शनिबार १ बजे बस्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि कांग्रेसले बोलाएको केन्द्रीय समिति बैठकमा निर्वाचनको समीक्षासहित भावी सरकार गठनका विषयमा छलफल हुनेछ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ मंसिर २०७९, १३ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भोलि केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने काँग्रेसको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
काँग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने
नेपाली कांग्रेस: चितवन– २ बाट प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस
पुस ११ भित्र नयाँ र नवीकरण गरेका क्रियाशील सदस्यताको विवरण पठाइसक्न काँग्रेसको परिपत्र