आईसीसी विश्वकप लिग टु : नेपाल र नामिबिया खेल्दै

सफल खबर संवाददाता

विहीबार, २२ मंसिर २०७९, ०८ : ५९
आईसीसी विश्वकप लिग टु : नेपाल र नामिबिया खेल्दै

काठमाडौं। आईसीसी विश्वकप लिग टुअन्तर्गतको त्रिदेशीय शृंखलाको चौथो खेलमा आज नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ ।

नेपाल र स्कटल्याण्डबीचको खेल युनाईटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौने दुई बजेबाट सुरु हुनेछ। 

यसअघि भएको खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो । यस शृंखलामा नेपाल,नामिबीया तथा स्कटल्याण्डको सहभागीता छ ।

सात टोली सहभागी विश्वकप लिग टू मा नेपाल २३ खेलमा १८ अंक सहित छैठौं स्थानमा छ । स्कटल्याण्ड ३१ खेलमा ४४ अंकका साथ पहिलो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस