काठमाडौं । आगामी नयाँ सरकार निर्माणमा आ संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो दल नेकपा एमालेबीच सत्ता सहकार्य नहुने भएको छ ।
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फको परिणाम आएसँगै नयाँ सरकार गठनका सन्दर्भमा कांग्रेस(एमाले मिल्न सक्ने चर्चा गरिए पनि उनीहरूबीच सत्ता सहकार्य नहुने भएको छ ।
वर्तमान पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरूले गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेकोले एमाले प्रमुख प्रतिपक्षीको भूमिकामा रहने सम्भावना बढेको एमाले नेताहरूको बुझाइ छ । गठबन्धन दलहरूबीच सरकार बनाउने विषयमा छलफल भइरहेकाले उनीहरूले नै सरकार बनाउन सक्ने धारणा राख्दै एमाले उपाध्यक्ष युवराज ज्ञवालीले बताए ।
उनले भने, नीति, विचार र सिद्धान्त नै फरक भएका संसद्का प्रतिस्पर्धी दलहरुबीच सरकारमा सहकार्य हुने कुरा मनोगत कुरा हुन्। विपरीत विचार भएका प्रतिस्पर्धीशक्ति मिलेर सरकार बनाउने सिद्धान्तहीन तर्क हो। यो मिल्दैन, मिल्नुको औचित्य छैन ।
उनले गठबन्धन दलहरूबीच भागबण्डामा कुरा मिलेन र सरकार बनाउने प्रयास असफल भयो भने मात्र एमालेको नेतृत्वमा कम्युनिस्ट वामपन्थीहरूको सरकार बन्ने बताए । यो समाचार नेपाल समाचार दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २१ मंसिर २०७९, ०७ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?