'पूर्वाञ्चल विश्वविद्यालयमा अब २४ सै घण्टा स्वास्थ्य सेवा'

सफल खबर संवाददाता

सोमबार, १९ मंसिर २०७९, २१ : १३
'पूर्वाञ्चल विश्वविद्यालयमा अब २४ सै घण्टा स्वास्थ्य सेवा'

मोरङ।  मोरङ क्षेत्र नं ३ का नवनिर्वाचित प्रतिनिधिसभा सांसद डा सुनिल शर्माले पूर्वाञ्चल विश्वविद्यालयलाई अब नयाँ ढंगबाट सञ्चालन गर्न आफू लागि पर्ने बताएका छन्। सोमबार मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्व विद्यालयको सभाहलमा आयोजित पत्रकारहरुसँग अन्तरक्रियामा सांसद शर्माले यस्तो बताएका हुन् । उनले आफू यस क्षेत्रबाट निर्वाचन भएलगत्तै विश्वविद्यालयलाई नयाँ व्यवस्थापन र योजना बनाएर सञ्चालन गर्ने विषयमा सम्बन्धित ब्याक्तिहरुसँग सल्लाह गरिरहेको बताए ।

विगतमा दिनको १० बजे देखि १२ बजे सम्म मात्रै स्वास्थ्य सेवा सुचारु गरेको विश्वविद्यालयलाई माघ महिनादेखि २४ सै घण्टा सञ्चालनमा ल्याउने गरी सहमति भइसकेको डा शर्माले बताए ।

निर्वाचन जितेर गइसकेपछि मतदाताहरुसंग गरेको बाचा अनुरूप विश्वविद्यालयलाई  पहिलो चरणमा ९ देखि ५ बजे सम्म सुचारु गरिने र दोस्रो चरणमा रात्रिकालिन सेवा हुँदै २४ सै घण्टा सेवा उपलब्ध गराउने विषयमा कुराकानी भइरहेको बताए ।विश्वविद्यालयमा दक्ष चिकित्सकको अभाव भएमा आफ्नो मेडिकलबाट भएपनि चिकित्सक ल्याएर सेवा सुचारु गर्न तत्पर रहेको उनले बताए ।

विश्वविद्यालयका भिसि यादव प्रसाद कोइरालाले पनि सो क्षेत्रमा मेडिकल कलेज सञ्चालनको विषयमा सांसद शर्मासग चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस