नेपाल राष्ट्र बैंकले सोमबार १९ अर्ब २६ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल्सको बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले २८ दिने, ९१ दिने र १८२ दिने गरी तीन किसिममा ट्रेजरी जारी गर्न लागेको हो ।
मंसिर २० गते अर्थात आगामी बुधबार जारी हुने ट्रेजरीको सोमबार दिउँसो २ बजे बोलकबोल हुने बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले तोकिएको समय सीमा भित्र ट्रेजरीका लागि अनलाइन दरखास्त दिन सक्नेछन् ।
सार्वजनिक बोलकबोल मार्फत हुने ट्रेजरी बाँडफाँडमा ८५ प्रतिशतलाई प्रतिस्पर्धात्मक र १५ प्रतिशतलाई विना प्रतिस्पर्धा सहभागी गराइने बैंकले जनाएको छ । बैंकका अनुसार २८ दिनका लागि ५ अर्ब रूपैयाँ, ९१ दिनका लागि ४ अर्ब २६ करोड रुपैयाँ र १८२ दिनका लागि १० अर्ब रूपैयाँ छुट्याइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ मंसिर २०७९, ११ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकद्वारा ४० अर्ब रुपैयाँ निक्षेप संकलन
अधिक तरलता व्यवस्थापनमा राष्ट्र बैंक सक्रिय, १० खर्बभन्दा बढी रकम केन्द्रीय बैंकमै
अध्यादेशले छोएन राष्ट्र बैंकका गभर्नरलाई
४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकले एकैदिन एक खर्ब २० अर्ब निक्षेप तान्दै