काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा आज (आइतबार) अन्तिम–१६ का दुई खेल हुँदै छन् ।
कतारको अल थुमामा रंगशालामा हुने आजको पहिलो खेलमा साविक विजेता फ्रान्सले पोल्यान्डविरुद्ध खेल्दै छ । यो खेल नेपाली समयानुसार राति ८ः४५ बजेदेखि सुरु हुनेछ ।
फ्रान्स समूह 'डी' को विजेताको रूपमा र पोल्यान्ड समूह 'सी' को उपविजेताको रूपमा प्रिक्वार्टरफाइनल आएका हुन् ।
यस्तै, आजको दोस्रो खेलमा राति १२:४५ बजे इङ्ल्यान्ड र सेनेगलबीच प्रतिस्पर्धा हुनेछ । यो खेल कतारको अल बायत रंगशालामा हुनेछ । विश्वकपमा इङ्ल्यान्ड समूह 'बी' को विजेताको रूपमा र सेनेगल समूह 'ए'को उपविजेताको रूपमा अन्तिम–१६ मा आएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ मंसिर २०७९, ०८ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ब्राजिल विश्वकपमा छनोट
विश्वकपमा छनोट भएका सावित्रा र स्नेहा सम्मानित