विश्वकप फुटबल : मेसीले गरे हजारौं खेलमा कीर्तिमानि गोल

सफल खबर संवाददाता

आइतबार, १८ मंसिर २०७९, ०७ : ५३
विश्वकप फुटबल : मेसीले गरे हजारौं खेलमा कीर्तिमानि गोल

एजेन्सी । विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत जारी प्रि क्वाटरफाइनलमा अर्जेन्टिनाले अस्ट्रेलिया विरुद्ध अग्रता कायम गरेको छ ।

कप्तान लियोनेल मेसीले आफ्नो १ हजारौ ब्यबसायिक खेलमा गोल गरेका हुन्। उनले विश्वकपको नकआउट चरणमा पहिलो गोल समेत गरे। उनको गोलसँगै पहिलो हाफमा अर्जेन्टिनाले १(० को अग्रता समेत बनाएको छ।

विश्वकपमा यो सहित मेसीको कुल ९ गोल भएको छ। उनी अस्ट्रेलिया विरुद्ध २३ औ खेल खेलिरहेका छन्। उनले आफ्नो १ हजारौं खेलमा ४१ मुख्य ट्रफि जित्दा ७ सय ८८ गोल र ३ सय ४८ असिस्ट गरेका छन्।

जारी खेलमा बल पोसेसनका बाबजुत अर्जेन्टिनालाई अस्ट्रेलियाको डिफेन्सिभ खेल तोड्नलाई मुस्कील परिरहेको थियो।

प्रतिक्रिया दिनुहोस