काठमाडौं । मधेश प्रदेशको मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई मृत फेला परेका छन्।
नेपाल पत्रकार महासंघ सर्लाही शाखाको साधारणसभामा सहभागी हुन लालबन्दीको पत्थरकोटामा रहेकै समयमा निधन भएको छ।
‘राति रिसोर्ट’मा खाना खाएर सुतेका भट्टराईलाई आज बिहान खोजी हुँदा मृत्यु भएको अवस्थामा भेटिएका हुन्।
बिहान साधारणसभा सुरु हुनै लाग्दा उनको खोजी भएको थियो। हातमा औषधि समेत रहेको र औषधिहरू समेत कोठामा छरिएको अवस्थामा उनी फेला परेका हुन्।
कोठामा वान्ता भएको समेत पाइएको छ। भट्टराई नेपाल पत्रकार महासंघ सप्तरी शाखा संस्थापक सभापति र नेपाल पत्रकार महासंघको पुर्व केन्द्रिय उपभापति समेत हुन्।
अहिले प्रहरीले घटनास्थानको प्रकृति मुचुल्का तयार गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ मंसिर २०७९, ११ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाल्पामा एक महिला मृतावस्था फेला
यौन दुर्व्यवहारमा परेकी आनन्दी सदाय आफ्नै घरमा मृत भेटिइन्
बेपत्ता भारतीय युुवक कालीगण्डकीमा मृत फेला
पाँच दिनदेखि बेपत्ता युवक मृत फेला
प्रहरी हवल्दार मृत फेला
मृत भेटिए दक्षिण कोरियाली गायक