रुपन्देही । कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार भएको छ । जिल्लाको मायादेवी गाउँपालिका ४ चाकरचौडामा भारत सिद्धार्थनगर जिल्लाको अलिगढवाका ३५ वर्षीय ईरशाद खान माथि दुई गोली प्रहार भएको हो ।
चाकरचौडा बजारको एक होटलमा रहेका भारतीय नागरिक खान माथि काँध र कम्मरमा गरी दुई गोली लागेको कपिलवस्तुका प्रहरी उपरीक्षक प्रेम बहादुर बस्नेतले जानकारी दिए । गोली लागेर घाइते भएका उनलाई उपचारको लागि भारतको गोरखपुर मेडिकल कलेज पु¥याइएको बस्नेतले बताए ।
गोली हान्ने व्यक्तिको पहिचान भएको छैन । भारतीय प्रहरीसँगको समन्वयमा गोली हान्ने व्यक्तिको खोजी र अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ मंसिर २०७९, १२ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फिनल्याण्डमा १२ वर्षीय बालकले विद्यालयमा गोली चलाउँदा एकको मृत्यु, दुई जना गम्भीर
अमेरिकाको बाल्टिमोरमा गोली प्रहार, २ जनाको मृत्यु, २८ घाइते
कार दौडमा अन्धाधुन्ध गोली प्रहार गर्दा १० जनाको मृत्यु
अमेरिकाको न्युमेक्सिकोमा अन्धाधुन्द गोली प्रहार, चार जनाको मृत्यु