काठमाडौं । चम्पावती हाइड्रोपावर लिमिटेडको सञ्चालक समितिले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने निर्णय गरेको छ । मंसिर १० गते बसेको समितिको बैठकले यस्तो निर्णय गरेको कम्पनीले जानकारी दिएको छ ।
पुस ९ गते कम्पनीको १३ औं वार्षिक साधारणसभा बोलाइएको छ । उक्त साधारणसभाले समितिको प्रस्ताव पारित गरेपछि आईपीओको प्रक्रियामा जाने कम्पनीले जानकारी दिएको छ ।
चम्पावती हाइड्रो पावरले गोर्खाको थालाजुङ र केराबारी र लमजुङको भलायखर्क र कोल्कीमा १ अर्ब ३१ करोड ८० लाख रुपैयाँ स्थिर पुँजीमा ७ मेगावाट जलविद्युत् उत्पादन गर्ने तयारी गरिरहेको छ ।
थालाजुङ र केराबारी आसपास चेपे खोलामा सात मेगावाट विद्युत उत्पादन गर्न चम्पावती हाइड्रोपावर प्रालिले अनुमति लिएर काम गरिरहेको छ । कम्पनीको अध्यक्षमा डा हरिराम पराजुली छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ मंसिर २०७९, १० : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कालंगा हाइड्रोको आईपीओ बाँडफाँड
स्नो रिभर्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने
सोपान फर्मास्युटिकल्सको आईपीओमा आजदेखि आवेदन
शिखर पावरको आईपीओ बाँडफाँट
सर्वसाधारणलाई भुजुङ हाइड्रोपावरको आईपीओ खुल्यो
सालपा विकास बैंकको आईपीओ बाँडफाँट