बाजुरामा नेपाली कांग्रेसका बद्रीको अग्रता कायम

सफल खबर संवाददाता

शुक्रबार, १६ मंसिर २०७९, ०७ : ४६
बाजुरामा नेपाली कांग्रेसका बद्रीको अग्रता कायम

काठमाडौँ । बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता कायम राखेका छन्।

पछिल्लो मत परिणामअनुसार पाण्डेले ५ हजार १०६ मत ल्याउँदा नेकपा एमालेका कर्णबहादुर थापाले ३ हजार ९९४ मत ल्याएका छन्। पाण्डे १ हजार ११२ मतले अगाडि छन्।

यसैगरी, बाजुराको प्रदेश सभा ‘क’मा नेकपा एकीकृत समाजवादीका नरेशकुमार शाही २ हजार १०६ मतसहित अग्र स्थानमा छन् भने एमालेका बलदेव रेग्मीले ९५५ मत ल्याएका छन्।

प्रतिक्रिया दिनुहोस