एजेन्सी । बेल्जियम विश्वकप २०२२ को समूह चरणबाटै बाहिरिएपनि मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले राजीनामा दिएका छन् । बेल्जियम समूह चरणबाट बाहिरिएपछि मार्टिनेजले राजीनामा दिएका हुन् ।
बिहीबार राति भएको समूह चरणको अन्तिम खेलमा क्रोएसियासँग गोलरहित बराबरीमा खेलेको बेल्जियम विश्वकपबाटा बाहिरिएको हो । अहमेद बिन अलि स्टेडियममा भएको खेलमा बेल्जियमले गोल निकाल्न सकेन । ४९ वर्षीय स्पेनिस प्रशिक्षकले ६ वर्षपछि बेल्जियमको प्रशिक्षक छाडेका हुन् ।
उनी २०१६ मा बेल्जियमको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।


प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १६ मंसिर २०७९, ०७ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोर्चुगल र नर्वे विश्वकपमा छनोट
भारतले पहिलोपटक जित्यो महिला क्रिकेट विश्वकपको उपाधि
ब्राजिल विश्वकपमा छनोट