केन्द्रमा ‘थ्रेसहोल्ड’ कटाउन संघर्षरत एकीकृत समाजवादीले प्रदेशसभामा पायो ७४ हजार बढी भोट

सफल खबर संवाददाता

विहीबार, १५ मंसिर २०७९, १० : ४५
केन्द्रमा ‘थ्रेसहोल्ड’ कटाउन संघर्षरत एकीकृत समाजवादीले प्रदेशसभामा पायो ७४ हजार बढी भोट

काठमाडौं । केन्द्रमा ३ प्रतिशतको थ्रेसहोल्ड कटाउन संघर्षरत नेकपा एकीकृत समाजवादी पार्टी प्रदेशसभातर्फ भने बढी मत पाएको तथ्यांकले देखाएको छ । सातै प्रदेशको प्रदेशसभातर्फ एकीकृत समाजवादी पार्टीले ३ लाख ६६ हजार ८८९ मत पाएको छ । 

तर, प्रतिनिधिसभाको समानुपातिकतर्फ भने सो पार्टीले २ लाख ९२ हजार ५९८ मत पाएको छ । यो हिसाबले हालसम्मको मतगणनामा एकीकृत समाजवादी पार्टीले प्रतिनिधिसभातर्फ ७४ हजार २९१ कम मत पाएको छ । 

निर्वाचन आयोगका अनुसार सो पार्टीले प्रदेश १ को प्रदेशसभामाको समानुपातिकतर्फ ५४,८३१ मत पाएको छ । यस्तै मधेसमा १,१३,५५८, बागमतीमा ६३,५११, गण्डकीमा १४,७०३, लुम्बिनीमा ४२,६२१, कर्णालीमा ३५,८२६ र सुदूरपश्चिममा ४१,८३९ मत पाएको छ ।

प्रतिक्रिया दिनुहोस