एजेन्सी । अफगानिस्तानको उत्तरी सहर अयबाकमा रहेको एउटा मदरसामा भएको विस्फोटमा परी कम्तीमा १६ जनाको मृत्यु हुनुका साथै २४ जना घाइते भएका छन् ।
गत वर्ष अगस्टमा तालिबान सत्तामा फर्किएपछि सर्वसाधारणलाई लक्षित गरी दर्जनौं विस्फोट र आक्रमणहरू भएका छन् । अधिकांश आक्रमणको जिम्मा इस्लामिक स्टेट (आईएस) समूहले लिएको छ ।
राजधानी काबुलबाट करिब २०० किलोमिटर ९१३० माईल० उत्तरमा रहेको अयबाकका एक डाक्टरले मारिनेमा अधिकांश युवा रहेको बताए । ‘उनीहरू सबै बालबालिका र साधारण मानिस हुन्’ ती चिकित्सकको भनाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।
एक प्रान्तीय अधिकारीले इस्लामिक धार्मिक विद्यालय अल जिहाद मदरसामा विष्फोट भएको पुष्टि गरे । बारम्बार हताहतको तथ्यांक घटाउने तालिबानले १० विद्यार्थीको मृत्यु भएको र कयौँ घाइते भएको जनाएको छ

प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १५ मंसिर २०७९, ०८ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नाइजेरियाको ग्यास खानीमा विस्फोट हुँदा ३८ मजदुरको मृत्यु
मेघालय कोइलाखानी विस्फोट : खोटाङका तीनजनाको मृत्यु, एक जना बेपत्ता
इस्लामाबादको मस्जिदमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या ३१ पुग्यो
रुपन्देहीमा ग्यास सिलिन्डर विस्फोट, युवकको मृत्यु
ज्योति डिस्टिलरीमा विस्फोट, एकको मृत्यु, ६ कामदार घाइते
बंगलादेशमा चर्चनजिकै बम विस्फोट, एक जनाको मृत्यु