सुनसरी । विवाद पछि हिंजो दिउँसोदेखि मतगणना भइरहेको सुनसरी ४ मा संचारमन्त्री ज्ञानेन्द्र कार्कीको झिनो अग्रता कायमै छ । यो समाचार तयार पार्दासम्म काँग्रेस नेतासमेत रहेका कार्कीले २८ हजार १६६ मत ल्याउँदा नेकपा एमालेका उम्मेद्वार जगदिशप्रसाद कुसियैतले २८ हजार ७१ मत ल्याएका छन् ।
उनीहरुबीचको मतान्तर ९५ को रहेको छ । तेस्रो स्थानमा रहेको राप्रपाका उम्मेद्वार विद्यानन्द यादवले भने ३ हजार २६ मत ल्याएका छन् । गणना हुन बाँकी रहेको कोशी गाउँपालिकाको वडा नम्बर ६ र बराहक्षेत्र नगरपालिकाको १० नम्बर वडाको गरेर ५ हजार ८१८ मत रहेको छ ।
कोशी गाउँपालिका ६ एमाले उम्मेद्वार कुसियैतको घर भएको क्षेत्र हो । कोशी गाउँपालिकाको उक्त वडा गत स्थानीय तह निर्वाचनमा जनता समाजवादीले जितेको वडा हो । जसपाको समर्थन एमाले उम्मेद्वार कुसियैतलाई रहेको छ । यस्तै बराहक्षेत्र १० नम्बर वडामा गत स्थानीय तहको निर्वाचनमा अत्याधिक मत ल्याएर नेपाली काँग्रेसले जितेको छ । उक्त वडा काँग्रेसको प्रभाव क्षेत्र मानिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ मंसिर २०७९, २० : ४०
लेखकबाट थप