उदयपुर । परराष्ट्रमन्त्री एवं कांग्रेस नेता नारायण खड्का उदयपुर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । एमालेकी मन्जुकुमारी चौधरीलाई २ हजार ३८९ मतान्तरले पराजित गर्दै खड्का विजयी भएका हुन् ।
खड्काले ३१ हजार २७० मत प्राप्त गरेका छन्, भने उनका निकटतम् प्रतिद्वन्द्वी चौधरीले २८ हजार ८९१ मत प्राप्त गरेकी छन् । खड्काले ०७४ मा पनि मन्जुलाई हराएका थिए ।
१ लाख ३५ हजार ५२५ मतदाता रहेको यस क्षेत्रमा ७६ हजार ७५६ मत खसेको थियो । ४ हजार ९९६ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ मंसिर २०७९, ०७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टीमा विग्रह गराएर कसैको हित हुँदैन: नारायण खड्का