काठमाडौँ । काठमाडौँ एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । काठमाडौं महानगरपालिका-२४ हनुमानढोका कालभैरव मन्दिर अगाडि हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।
यता जाजरकोटको भेरी नगरपालिका-१ बस्ने ५० वर्षीया दुर्पता रावत रूकुम पश्चिम चौरजहारी नगरपालिका-३ कैंचास्थित भेरी नदीको किनारमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । सोमबार दिउँसो घर नजिक आफ्नै खेत बारीमा पानी लगाउन गएकी उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा उक्त नदीको किनारमा शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ मंसिर २०७९, १९ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धादिङमा मृत भेटिए ४ दिनदेखि वेपत्ता पत्रकार ढकाल
चितवनमा पाटेबाघ मृत फेला
काठमाडौँ र भक्तपुरमा दुईजना मृत फेला
कञ्चनपुरको लालझाडीमा श्रीमान्–श्रीमती मृत फेला
जितपुर सिमराका पूर्वमेयर पौडेल मृत फेला
बझाङमा एक पुरुष मृत फेला