काठमाडौँ । काठमाडौँ एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । काठमाडौं महानगरपालिका-२४ हनुमानढोका कालभैरव मन्दिर अगाडि हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।
यता जाजरकोटको भेरी नगरपालिका-१ बस्ने ५० वर्षीया दुर्पता रावत रूकुम पश्चिम चौरजहारी नगरपालिका-३ कैंचास्थित भेरी नदीको किनारमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । सोमबार दिउँसो घर नजिक आफ्नै खेत बारीमा पानी लगाउन गएकी उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा उक्त नदीको किनारमा शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ मंसिर २०७९, १९ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा सुत्केरी मृत फेला
बराह क्षेत्रमा जंगली हात्ती मृत फेला
बर्दियाको भादा नदीमा बेपत्ता युवक मृत फेला
नेपाल प्रहरीका सई झुण्डिएको अवस्थामा मृत फेला