काठमाडौं । आमनिर्वाचनपछि राष्ट्रिय दल बन्न संघर्षरत नेकपा एकीकृत समाजवादीको बैठक बसिरहेको छ । पार्टी मुख्यालयमा जारी केन्द्रीय सचिवालय बैठकमा ४ मंसिरमा सम्पन्न आमनिर्वाचनको परिणामसहितका विषयमा समीक्षा भइरहेको छ ।
राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले समेत राष्ट्रिय दलको मान्यता पाउनेगरी नतिजा ल्याउँदा एकीकृत समाजवादीले राष्ट्रिय दलको मान्यता पाउन कटाउनुपर्ने तीन प्रतिशतको थ्रेस होल्ड पार गर्न संघर्षरत छ ।
यही बेला बसेको सचिवालय बैठक चुनावी नतिजा, गठबन्धनको आवश्यकता, नयाँ सरकार गठनसहित शक्ति बाँडफाँटका विषयमा छलफल भइरहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
एकीकृत समाजवादीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १० सिट जितेको छ । सम्मानित नेता झलनाथ खनाल, सचिव रामकुमार झाँक्रीसहित केही शीर्षनेता पराजित भएका छन् । आफू पराजित हुनुमा कांग्रेसबाट धोका भएको खनालले प्रतिक्रिया सार्वजनिक गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ मंसिर २०७९, १४ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकीकृत समाजवादीको सचिवालय बैठक जारी
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक जारी, झाँक्रीमाथि होला त कारबाही ?
एकीकृत समाजवादीको बैठक बस्दै, झाँक्रीको स्पष्टीकरणबारे छलफल
एकीकृत समाजवादीको सचिवालय बैठक सुरु
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूमा समानान्तर कमिटी घोषणा