काठमाडौं । सर्वोच्च अदालतको गेटमा रातो रंग छ्यापेर प्रदर्शन गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
‘न्याय चाहियो’ भन्दै रंग फालेर प्रदर्शन गर्ने सिरहा घर भएकी बिनु यादव र ज्यास्मिन ओझालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले बताए ।
श्रीमानबाट हिंसामा परेको भन्दै न्याय माग्न सर्वोच्च आएको बिनुको भनाइ छ । मंगलबार सर्वोच्चमा बिनुसँगै पुगेकी ज्यास्मिन महिला अधिकारबादी हुन् ।
बिनुले यसअघि रामेछाप जिल्ला अदालतको इजलासमा विष सेवन गरेर आत्महत्या प्रयास गरेकी थिइन् । पतिविरुद्ध उनले दायर गरेको मुद्दा अहिले पाटन उच्च अदालतमा विचाराधिन छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ मंसिर २०७९, ११ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
पूर्व विशिष्ट पदाधिकारीविरुद्धको रिटमा अन्तरिम आदेश नदिने सर्वोच्चको निर्णय
शैक्षिक सत्र सुरु नहुँदै विद्यार्थी भर्ना सुरु नगर्न सर्वोच्चको आदेश
दुर्गा प्रसाईँको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी
कर्णाली प्रदेश सभा सदस्य राजकुमार शर्माको पद यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश
दुर्गा प्रसाईँलाई कारबाही गर्ने आयोगको फाइल मगाउन सर्वोच्चको आदेश