धनगढी । सुदूरपश्चिम प्रदेशका ३२ सिटमध्ये ३० वटा सिटको मतगणना हुदाँ नेपाली कांग्रेसले सबैभन्दा बढी सिटमा विजय हासिल गरेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणामअनुसार ११ स्थानमा विजय हासिल गरेर कांग्रेस पहिलो पार्टी भएको हो ।
सो प्रदेशमा आठ सिटमा विजय हासिल गर्दै माओवादी केन्द्र दोस्रो स्थानमा छ । रेशमलाल चौधरी आवद्ध नागरिक उन्मुक्ति पार्टीले पाँच स्थानमा विजय हासिल गरेर तेस्रो स्थानमा रहेको छ । तीन सिट जित्दै एमाले चाैथाे स्थानमा छ ।
तीन सिट मात्रै जितेर चौथो स्थानमा रहेको एकीकृत समाजवादीले जम्मा दुई सिटमा मात्रै विजय हासिल गरेको छ । एकजना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
बाजुरामा अहिलेसम्म मतगणना सुरु नै भएकाे छैन । विवादका कारण मतगणना स्थगित छ । बाजुरामा प्रदेश सभाका दुई क्षेत्र छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ मंसिर २०७९, १५ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिमका सर्प दंशको उच्च जोखिम रहेका क्षेत्रमा उपचार सेवा विस्तार गरिँदै
सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री शाहको छलफल
सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा
जनकपुरलाई हराउँदै सुदूरपश्चिम ‘प्लेअफ’मा
सुदूरपश्चिममा धान उत्पादन : क्षेत्रफल घट्यो, उत्पादकत्व वृद्धि
सुदूरपश्चिमका १३ क्याम्पसलाई आंगीक बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण