धनगढी । सुदूरपश्चिम प्रदेशका ३२ सिटमध्ये ३० वटा सिटको मतगणना हुदाँ नेपाली कांग्रेसले सबैभन्दा बढी सिटमा विजय हासिल गरेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणामअनुसार ११ स्थानमा विजय हासिल गरेर कांग्रेस पहिलो पार्टी भएको हो ।
सो प्रदेशमा आठ सिटमा विजय हासिल गर्दै माओवादी केन्द्र दोस्रो स्थानमा छ । रेशमलाल चौधरी आवद्ध नागरिक उन्मुक्ति पार्टीले पाँच स्थानमा विजय हासिल गरेर तेस्रो स्थानमा रहेको छ । तीन सिट जित्दै एमाले चाैथाे स्थानमा छ ।
तीन सिट मात्रै जितेर चौथो स्थानमा रहेको एकीकृत समाजवादीले जम्मा दुई सिटमा मात्रै विजय हासिल गरेको छ । एकजना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
बाजुरामा अहिलेसम्म मतगणना सुरु नै भएकाे छैन । विवादका कारण मतगणना स्थगित छ । बाजुरामा प्रदेश सभाका दुई क्षेत्र छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ मंसिर २०७९, १५ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा
जनकपुरलाई हराउँदै सुदूरपश्चिम ‘प्लेअफ’मा
सुदूरपश्चिममा धान उत्पादन : क्षेत्रफल घट्यो, उत्पादकत्व वृद्धि
सुदूरपश्चिमका १३ क्याम्पसलाई आंगीक बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण
सुदूरपश्चिमको बजेट प्रदेश सभाबाट पारित
सुदूरपश्चिम सरकारले नीति तथा कार्यक्रम ल्याउँदै