थापाथलीको सुकुम्वासी बस्तीमा डोजर चलाउदा तनावग्रस्त

सफल खबर संवाददाता

सोमबार, १२ मंसिर २०७९, १५ : १४
थापाथलीको सुकुम्वासी बस्तीमा डोजर चलाउदा तनावग्रस्त

काठमाडौं । काठमाडौ महानगरपालिकाले थापाथलीस्थित सुकुम्वासी बस्तीमा डोजर चलाएपछि स्थानीयले अवरोध गरेका छन् । महानगरपालिकाले सोमबार बस्ती हटाउन डोजर लिएर गएपछि स्थानीयहरु विरोधमा उत्रेका हुन् । त्यसक्रममा उनीहरुले टाय बालेर प्रदर्शनसहित ढुंगामुढा गर्नुका साथै मेयर बालेन शाहविरुद्ध चर्को नारावाजी गरेका छन् । 

उनीहरुले ‘बालेन शाह होस गर, हाम्रो भोट फिर्ता गर । मरे चिहान बाँचे घर, एकता नै हाम्रो भर, गरिव मार्न पाइदैन । गृहमन्त्री मुर्दावाद, काठमाडौ महानगरपालिका मुर्दावाद’जस्ता नारा लगाउदै विरोध गरिरहेका छन् ।
 

प्रतिक्रिया दिनुहोस