काठमाडौं । गत ४ मंसिरमा सम्पन्न निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी रहँदा मधेश प्रदेश सभामा एमाले पहिलो दल बन्न सफल भएको छ । हालसम्म सार्वजनिक मतपरिणामअनुसार प्रदेशसभा अन्तर्गतको प्रत्यक्षतर्फको मत परिणाम अनुसार १४ सिटससहित एमाले पहिलो दल हुन सफल भएको हो ।
विगतमा तराई मधेस केन्द्रित पार्टीहरूले विजय हासिल गर्दै आएको तर यसपटकको निर्वाचनमा एमाले १४ सिटसहित पहिलो राजनीनितक दल भएको हो ।
यसैगरी, कांग्रेस १३ सिटसहित दोस्रो स्थानमा छ भने उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले नाै सिटमा जित हासिल गरेर तेस्रो स्थानमा छ । यसअघि सो पार्टी पहिलो स्थानमा रहेर मधेस प्रदेश सरकारको नेतृत्व गरेको थियो ।
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी सात स्थानसहित चौथौं नम्बरमा छ । यसअघि सो पार्टीले दोस्रो स्थानमा रहेको थियो ।
पहिलो पटक मधेस प्रदेशमा सिके राउत नेतृत्वको जनमत पार्टीले ६ वटा प्रदेशसभा सिटमा विजय हासिल गरेको छ । माओवादी केन्द्र र एकीकृत समाजवादीले ४–४ स्थानमा विजय हासिल गर्दा ६ जना स्वतन्त्रले मधेस प्रदेशसभाका लागि विजय हासिल गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ मंसिर २०७९, १२ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी मधेश प्रदेश संसदीय दलको नेतामा पुनः भरत साह नियुक्त
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलले लिए शपथ
मधेश प्रदेश सरकारका सेवा दशैंपछि पूर्ण रुपमा सञ्चालन हुने
मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा
मानव कल्याणसम्बन्धी कामलाई प्रभावकारी बनाउँछौँ’: मुख्यमन्त्री सिंह
बुधवार मधेश प्रदेशमा सार्वजनिक बिदा