आज लगनगाँठो कस्दै अभिनेता सलोन

सफल खबर संवाददाता

सोमबार, १२ मंसिर २०७९, ०८ : ३२
आज लगनगाँठो कस्दै अभिनेता सलोन

काठमाडौं । अभिनेता सलोन बस्नेत सोमबारदेखि वैवाहिक जीवनमा प्रवेश गर्दैछन् । उनले  प्रेमिका करिश्मा केसीसँग लगानगाँठो कस्न लागेका हुन् । 

सलोनको वैवाहिक समारोह राजधानीको चन्द्रागिरी रिसोर्टमा आयोजना गरिएको छ । वैवाहिक समारोहमा पारिवारिक सदस्य, आफन्त र फिल्मकर्मी सहभागी हुने बताइएको छ । बिहेअघि यो प्रेम जोडीको शनिबार पाताले वन रिसोर्टमा मेहेन्दी समारोह आयोजना भएको थियो ।

प्रतिक्रिया दिनुहोस