काठमाडौं। प्रतिनिधिसभा अन्तरगत प्रत्यक्षतर्फ १६५ मध्ये १४७ निर्वाचन क्षेत्रको नतिजा आउँदा नेकपा एमाले दोस्रो स्थानमा रहेको छ । एमालेले ३८ क्षेत्रमा आफ्नो जित दर्ता गरेको छ । नेकपा एमालेले प्रतिनिधिसभा प्रत्यक्षतर्फ लुम्बिनी प्रदेशमा सबैभन्दा बढी ११ क्षेत्रमा जित निकालेको छ । यद्यपि यहाँ पार्टीका महासचिव शंकर पोखरेल पराजित भएका छन् ।
यस्तै अध्यक्ष केपी शर्मा ओलीको गृहप्रदेश प्रदेश नम्बर १ का ९ क्षेत्रमा एमालेले जित निकालेको छ । कर्णाली प्रदेशमा एमाले निल हुँदा मधेशमा ७, बागमतीमा ४, गण्डकीमा ५ र सुदूरपश्चिममा २ क्षेत्रमा जित निकालेको छ ।
प्रदेश नम्बर १ बाट झापा ५ – केपी शर्मा ओली, झापा २ – देवराज घिमिरे, ताप्लेजुङ – योगेश भट्टराई, सोलुखुम्बु – मानवीर राई, धनकुटा – राजेन्द्र राई, झापा ४ – एलपी साँवा लिम्बू, उदयपुर २ – अम्बरबहादुर रायमाझी, पाँचथर–बसन्तकुमार नेम्वाङ र मोरङ–२ बाट ऋषिकेश पोखरेल निर्वाचित भएका छन् ।
यसैगरी मधेश प्रदेश मा पर्सा ३ – राजकुमार गुप्ता, सिरहा १ – राम शंकर यादव, धनुषा ३– जुली कुमारी महतो, सर्लाही ३– हरि उप्रेती, बारा १–अच्युत मैनाली ,बारा ३– ज्वाला कुमारी साह र सिरहा ३ – मा लीलानाथ श्रेष्ठ निर्वाचित भएका हुन् ।
बागमती प्रदेशबाट काठमाडौं ९ – मा कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका छन् भने ललितपुर २ – प्रेमबहादुर महर्जन, मकवानपुर २ – महेश कुमार बर्तौला, काभ्रे २ – गोकुल बाँस्कोटा विजयी भएका हुन् ।
गण्डकी प्रदेशबाट कास्की २ – विद्या भट्टराई, पर्वत – पदम गिरी, लमजुङ – पृथ्वी सुब्बा गुरुङ, कास्की ३–दामोदर बैरागी पौडेल, कास्की १ – मनबहादुर गुरुङ निर्वाचित भएका छन् ।
लुम्बिनी प्रदेशबाट गुल्मी २ – गोकर्ण विष्ट, अर्घाखाँची – टोपबहादुर रायमाझी, प्युठान– सूर्य थापा, रुपन्देही ५ – बासुदेव घिमिरे, बाँके १ – सूर्य ढकाल, कपिलवस्तु १–बलराम अधिकारी, पाल्पा १ – ठाकुर गैरे, पाल्पा २ – नारायणप्रसाद आचार्य, कपिलवस्तु–३ मंगल प्रसाद गुप्ता, रुपन्देही–२ विष्णु प्रसाद पौडेल, रुपन्देही–१ छविलाल विश्वकर्मा निर्वाचित भएका छन् ।
र सुदूरपश्चिम प्रदेशबाट कन्चनपुर १– तारा लामा तामाङ र बैतडीबाट दामोदर भण्डारी निर्वाचित भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० मंसिर २०७९, १४ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह