सिन्धुपाल्चोकको सबै सिट गठबन्धनको पोल्टामा

सफल खबर संवाददाता

शुक्रबार, ०९ मंसिर २०७९, ०८ : ०४
सिन्धुपाल्चोकको सबै सिट गठबन्धनको पोल्टामा

सिन्धुपाल्चोक । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा गठबन्धनले जित हासिल गरेको छ । 

क्षेत्र नम्बर २ बाट लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार (कांग्रेस) का मोहनबहादुर बस्नेत विजयी भएका छन् । ११ हजार ८ सय ७४ भारी मतान्तरमा शेरबहादुर तामाङलाई हराउदै बस्नेतले जित निकालेका हुन् । सिन्धुपाल्चोक निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका लागि यो पहिलो जित समेत हो । 

बस्नेतले ३९ हजार  ३ सय ६७ मत ल्याउदा तामाङले २७ हजार ४ सय ९३ मत ल्याएका थिए ।क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा एमालेलाई हराउदै  लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार ९माओवादी केन्द्र० का माधब सापकोटा विजयी भए ।

यसैगरी, क्षेत्र नम्बर २ प्रदेशसभा ‘क’ मा  बागमती प्रदेशका पूर्वसामाजिक विकासमन्त्री युवराज दुलाल र ख मा कृष्णकुमार तामाङ विजय भएका छन् । १ (क) मा कांग्रैसका मसिना खड्का भण्डारी  र ख मा माओवादी केन्द्रका सरल सहयात्री पौडेल विजयी भए ।