इलाममा सुवास नेम्वाङको अग्रता कायमै

सफल खबर संवाददाता

विहीबार, ०८ मंसिर २०७९, २१ : ११
इलाममा सुवास नेम्वाङको अग्रता कायमै

इलाम । इलाम क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार सुवास नेम्वाङले अग्रता कायमै गरेका छन् ।

उनले १५ हजार ३३३ मत प्राप्त गर्दा कांग्रेसका डम्बर बहादुर खड्काले १३ हजार ७०० मत पाएर पछ्याइरहेका छन् । इलाममा कुल १ लाख १५ हजार ३४२ मत खसेकामा हालसम्म ३४ हजार १५६ मत गणना सकिएको छ ।

प्रतिक्रिया दिनुहोस