काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले झापा ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले अध्यक्ष केपी शर्मा ओलीलाई शुभकामना दिएका छन् । बिहीबार दिउँसो सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले ओलीलाई शुभकामना दिएका हुन् । झापा ५ मा कांग्रेसका खगेन्द्र अधिकारीलाई पराजित गर्दै ओलीले ५२ हजार ३१९ मत ल्याएका छन् । अधिकारीले २३ हजार ७४३ मत प्राप्त गरे ।
एमाले अध्यक्ष ओलीलाई शुभकामना दिएका अध्यक्ष थापाले आफूले विश्वास जोगाउन नसकेकोमा भने दुःख मानेका छन् । एमालेको समर्थनमा एमालेकै चुनाव चिह्न सूर्य लिएर मकवानपुर क्षेत्र १ बाट प्रतिस्पर्धामा रहेका थापाले ओलीको विश्वास जोगाउन नसकेको दुःखी रहेको बताएका हुन् ।
मकवानपुर १ मा राप्रपाका दीपकबहादुर सिंहको अग्रता छ भने कांग्रेसकी महालक्ष्मी उपाध्याय (डिना)ले सिंहलाई पछ्याइरहँदा थापा तेस्रो स्थानमा देखिएका छन् । आफू पराजित हुने भएपछि थापाले एमाले अध्यक्ष ओलीसँग विश्वास जोगाउन नसकेकोमा दुःखी भएको बताएका हुन् ।
फेसबुकमा ओलीलाई मेन्सन गर्दै थापाले लेखेका छन्, ‘मलाई विश्वास गर्नुभएकोमा केपी शर्मा ओलीलार्ई धन्यवाद । तर, तपाईंको विश्वास जोगाउन नसकेकोमा दुःखी छु। तपाईंलाई मेरो शुभकामना ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ मंसिर २०७९, १४ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजसंस्था र हिन्दुराष्ट्रलाई बिदेशीको इसारामा एम्बुसमा पारियो : कमल थापा
विपिनका बुवाआमालाई संयुक्त राष्ट्रसङ्घ लैजानु प्रत्युत्पादक हुन सक्छ : कमल थापा
बहुविवाहलाई प्रोत्साहित गर्ने गरी कानुन बनाउनु अनुचित : कमल थापा
मुलुक भ्रष्टाचारको आहालमा डुब्यो, अब राजसंस्था चाहिन्छ : कमल थापा
पत्रकार पाठकलाई पक्राउ पुर्जीप्रति कमल थापाको आपत्ति
'न्यायको नौसिङ हुन्छ भन्थे, हो रहेछ' : कमल थापा