काठमाडौं । मकवानपुर क्षेत्र नम्बर १ मा एमालेको सूर्य चुनाव चिह्नबाट निर्वाचन लडेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले हार स्वीकार गरेका छन् । मतगणना नसकिँदै उनले सामाजिक सञ्जालमार्फत पराजयलाई सहर्ष स्वीकार गर्ने प्रतिक्रिया दिएका हुन् ।
उनले मतदिने सबैलाई आभार प्रकट गर्दै सूर्य चिन्ह लिएर चुनाव लड्ने अवसर दिएकोमा एमालेलाई धन्यवाद पनि दिएका छन् ।
उनले पराजित भएपनि देश र जनताको हितमा निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाउँदै भनेका छन्, ‘२०७९ सालको चुनावले सकारात्मक परिवर्तनको पक्षमा दिएको सशक्त सन्देशलाई सबैले मनन गर्नु जरुरी छ।प्रजातान्त्रिक अभ्यासमा हारजित स्वभाविक हो।व्यक्ति हारेपनि देश,जनता र लोकतन्त्र बलियो हुँदै जानुपर्छ।’
उनले सनातन धर्म संस्कृति रक्षाको आवाज कमजोर हुँदै जान लागेकोमा भने केही खिन्नता लागेको बताएका छन् । मकवानपुरमा करिब १० हजार मत गन्न बाँकी रहेपनि कांग्रेसकी डीना उपाध्यायको जीत सुनिश्चित भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ मंसिर २०७९, ०७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजसंस्था र हिन्दुराष्ट्रलाई बिदेशीको इसारामा एम्बुसमा पारियो : कमल थापा
विपिनका बुवाआमालाई संयुक्त राष्ट्रसङ्घ लैजानु प्रत्युत्पादक हुन सक्छ : कमल थापा
बहुविवाहलाई प्रोत्साहित गर्ने गरी कानुन बनाउनु अनुचित : कमल थापा
मुलुक भ्रष्टाचारको आहालमा डुब्यो, अब राजसंस्था चाहिन्छ : कमल थापा
पत्रकार पाठकलाई पक्राउ पुर्जीप्रति कमल थापाको आपत्ति
'न्यायको नौसिङ हुन्छ भन्थे, हो रहेछ' : कमल थापा