मकवानपुर-१ मा फेरि बढ्यो डिनाको अग्रता, कमल थापा पछ्याउँदै

सफल खबर संवाददाता

बुधबार, ०७ मंसिर २०७९, ०८ : २०
मकवानपुर-१ मा फेरि बढ्यो डिनाको अग्रता, कमल थापा पछ्याउँदै

काठमाडौं । प्रतिनिधिसभा तर्फको मकवानपुर निर्वाचन क्षत्रे नम्बर–१ मा सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले फेरि अग्रता बढाएकी छिन् । सुरुवात देखिनै अग्रता लिएकि उनले त्यसलाई कायम राख्दै आएकी छिन् ।

थापा विरुद्ध डिना २ हजार ७०३ मतको अग्रता बनाएकी छिन् । उनले अग्रता बनाउँद निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार राप्रपा नेपालका अध्यक्ष कमल थापा डिनासंगको मतान्तर कम गर्न संघर्षरत छन् । 

कुल ३३ हजार ६२ मत गन्दा डिनाले १२ हजार ४९२ मत पाएकी छिन् भने थापाले ९ हजार ७८९ मत ल्याएका छन् । त्यस्तै राप्रपाका दिपक बहादुर सिंह तेस्रो स्थानमा रहेका छन् । उनले ६ हजार ७८५ मतसहित थापालाई प५याइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस