काठमाडौं । प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको प्रारम्भिक मतगणनामा धादिङ र सल्यानमा नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ ।धादिङमा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले ६ सय मात गन्दा ३१९ मतसहित अग्रता कायम गरेका हुन् ।
नेकपा एमालेका भूमि पाठक, राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्त क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।यस्तै सल्यानमा नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले समेत अग्रता कायम गरेका छन् ।
ज्वालाले ११ सय ७१ मत गन्दा ६३९ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार राजेन्द्र शाहले ५३२ मत प्राप्त गरेका छन् । यस्तै एमालेका राजेन्द्रवीर रायले १४५ मत प्राप्त गरेका छन् । सत्ता गठबन्धनमा रहेको नेकपा एसलाई कांग्रेस, माओवादी, राष्ट्रिय जनमोर्चा लगायतको साथ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ मंसिर २०७९, १६ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकियो, माओवादीसँग एकता गर्ने निर्णय
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक बस्दै
मधेशमा जनमत र एकीकृत समाजवादीबाट दुई मन्त्रीले लिए शपथ