वीरगञ्ज । पर्साको क्षेत्र नम्बर १ र २ को मतगणना सुरु भएको छ । आइतबार सम्पन्न मतदानको मतगणना राति ९ बजेबाट मतगणना गरिने भनिए पनि समयमा व्यवस्थापन हुन नसक्दा सोमबार बिहान १० बजेदेखि सुरु भएको हो।
बिहान ९ बजे बसेको सर्वदलीय बैठकले बिहान १० बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृत विनोद कुमार पोखरेलले जानकारी दिए। उनका अनुसार पर्सा निर्वाचन क्षेत्र नं १ र २ को प्रतिनिधि र प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फको मतगणना सुरु गरिएको छ।
वीरगञ्जको ठाकुरराम क्याम्पसमा पर्सा क्षेत्र नम्बर १ र २ को मतगणना हुँदैछ। क्षेत्र नम्बर ३ र ४ को मतगणनाको लागि पोखरियामा सर्वदलीय बैठक अहिले बसिरहेको तथा बैठकपछि मतगणना शुरु गरिने मुख्य निर्वाचन अधिकृत पोखरेलले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ मंसिर २०७९, १० : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कानुनी प्रक्रिया पूरा नहुँदा पर्साका आधा दर्जनभन्दा धेरै पालिकाको खाता सञ्चालनमा आएनन्
सिडिओ कार्यालय पर्सामा तनाव, विवाद साम्य पार्न छलफल जारी
वीरगन्जमा थपियो कर्फ्यु अवधि