सिन्धुपाल्चोकमा अझैं पनि मतपेटिका संकलन हुँदै

सफल खबर संवाददाता

सोमबार, ०५ मंसिर २०७९, ०८ : २१
सिन्धुपाल्चोकमा अझैं पनि मतपेटिका संकलन हुँदै

फाईल तस्वीर

काठमाडौं । सिन्धुपाल्चोकका दुबै निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छैन ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार क्षेत्र नम्बर १ को मतगणना दिउँसो ३ बजेपछि गर्नेगरी तयारी भएको छ।  त्यसअघि सर्वदलीय बैठक गरेर आवश्यक निर्णय हुनेछ । 

यस्तै सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा ११ बजे सर्वदलीय बैठक बोलाइएको छ । क्षेत्र नम्बर १ को केही स्थानको मतपेटिका अझै पनि संकलन भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस