अनलाइनका समाचारमा 'सोर्स कोड' गरी झुटो प्रचार गरेपछि कांग्रेस-माओवादीले निकाले संयुक्त विज्ञप्ती

सफल खबर संवाददाता

शनिबार, ०३ मंसिर २०७९, १५ : ३०
अनलाइनका समाचारमा 'सोर्स कोड' गरी झुटो प्रचार गरेपछि कांग्रेस-माओवादीले निकाले संयुक्त विज्ञप्ती

काठमाडौं । नेकपा एमालेका केही व्यक्तिहरुले विभिन्न लोकप्रिय  सञ्चारमाध्यमहरुको मास्टर हेड दुरुपयोग गरेर निर्वाचनको मौन अवधिमा अनर्गल प्रचार गरेपछि सत्तारुढ नेपाली कांग्रेस र मा‌ओवादी केन्द्रले आपत्ति जनाएका छन् । दुबै पार्टीका केन्द्रीय कार्यालयका मुख्य सचिवले विज्ञप्ती निकालेर यस्तो कार्यको निन्दा गरेका हुन् । 

कांग्रेस केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेल र माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा मुख्य सचिव श्रीराम ढकालले निकालेको संयुक्त विज्ञप्तीमा भनिएको छ, निर्वाचनको अन्तिम घडीमा आम मतदातामा अन्योल सृजना हुने गरी रचिएको यो भ्रमपूर्ण षडयन्त्रले एकाथरी तत्वको पराजयको मानसिकता पुष्टि गरेको छ । यस्ता भ्रामक र मिथ्या सूचनामा विश्वास नगर्न हामी आम मतदातालाई अपिल गर्छौं ।’

यस्ता मिथ्या सूचनालाई सामाजिक सञ्जालमा सेयर गर्नु निर्वाचन अपराध भएको उनीहरुको ठम्म्याई छ । त्यस्ता व्यक्तिलाई कडाभन्दा कडा कारवाहीका लागि निर्वाचन आयोग र नेपाल सरकारलाई समेत आग्रह गरिएको छ । 

प्रतिक्रिया दिनुहोस