भैरहवा । रुपन्देही प्रहरीले सिद्धार्थ राजमार्गमा गरिरहेको नियमित चेकिङ हटाएको छ । भोलि हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई मध्यनजर गर्दै भैरहवा क्षेत्रमा पर्ने सो सडक खण्डमा भइरहेको नियमित सुरक्षा जाँच हटाइ, प्रहरी प्वान्टहरू समेत बन्द गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय मातहत रहेको बेलहिया बाइपास र अञ्चलपुरमा हुने नियमित चेकजाँच हटाइएको छ भने देवकोटा चोकस्थित प्रहरी बिट र बुद्धचोकमा तैनाथ सुरक्षाकर्मीहरू पनि हटाइएको छ ।
प्रहरीले नियमित चेकजाँचलाई निरन्तरता दिँदै थप सुरक्षा योजना गर्नु पर्नेमा भएको नियमित चेकजाँचलाई समेत अहिले हटाइएको छ । बिहानैदेखि भैरहवाको हाटबजार, आँखा अस्पताल, मेउडिहवा मिलनचोकलगायत हाइवेको पश्चिम तर्फमात्रै सुरक्षा चेकजाँच भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ मंसिर २०७९, १४ : २९
लेखकबाट थप