डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्लामा दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको हो । प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरीलाई निर्वाचनका लागि परिचालन गरिएको छ ।
“तीनवटा घेरा बनाएर सुरक्षा व्यवस्था मिलाएका छौँ”, उनले भने, “मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा सेनाले सुरक्षा दिइरहेका छन् ।”
प्रजिअ जोशीका अनुसार निर्वाचनका बेला मोबाइल टोली पनि परिचालन गनेछ भने ‘रिजर्भ टिम’ पनि तयार पारिएको छ । “रिजर्भ टिम आवश्यकताअनुसार मात्रै परिचालन हुनेछ”, उनले भने ।
डडेल्धुरामा एक सय एक मतदानस्थल छन् । जसमध्ये २३ वटा अति संवेदनशील, ४१ संवेदनशील र ३७ सामान्यमा वर्गीकरण गरिएको छ ।मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा निर्वाचन सामग्री र सुरक्षाकर्मीसहित कर्मचारी पुगिसकेका छन् ।
“कर्मचारी मतदान केन्द्रमा पुगेर सर्वदलीय बैठक पनि भइसकेको छ”, उनले भने, “बुथ निर्माणको कार्य पनि सुरु भइसकेको छ । भोलिसम्म सबै तयारी सकिन्छ ।”एउटा मतदान केन्द्रमा म्यादी प्रहरीसहित सात देखि १२ जना सुरक्षाकर्मी र आठजना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
डडेल्धुरामा प्रतिनिधिसभातर्फ प्रधानमन्त्री देउवासहित आठजना उम्मेदवार छन् । यस्तै दुई प्रदेशसभा सदस्यका लागि १२ जना उम्मेदवार छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ मंसिर २०७९, १२ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ज्येष्ठ नागरिकको पहुँच पुर्याउन स्वास्थ्य प्रणाली सुधार गरिरहेका छौं : प्रधानमन्त्री देउवा
डा. बाबुराम भट्टराई र प्रधानमन्त्री देउवाबीच भेटवार्ता
पार्टीलाई बाधा मुक्त राख्ने काममा लाग्छुः प्रधानमन्त्री देउवा
अधिकांश नगरपालिकामा अव्यवस्थित शहरीकरण बढ्याे: प्रधानमन्त्री देउवा
प्रधानमन्त्री देउवाद्वारा राजस्व भुक्तानी प्रणालीको शुभारम्भ
प्रधानमन्त्री देउवालाई निर्वाचन प्रतिवेदन हस्तान्तरण