काठमाडौं । निर्वाचन सुरक्षाअन्तर्गत नेपाली सेनाले ९ सय ३० बम डिस्पोजल टोली खटाएको जनाएको छ ।शुक्रबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहसचिव विनोद प्रकाश सिंहले ९ सय ३० बम डिस्पोजल टोली खटिसकेको र आवश्यकताअनुसार १ हजार ५० हजार वटासम्म टोली खटाउन सकिने जानकारी दिए।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित रुपमा सम्पन्न गर्न विशेष सुरक्षा योजना तर्जुमा गरी सुरक्षाकर्मी परिचालन गरिएको गृह सचिव सिंहले बताए । पछिल्लो समय केही समूहले चुनाव विरोधी गतिविधि गरिरहेकोमा त्यस्ता गतिविधि सह्य नहुने र कडा रुपमा प्रहरी प्रशासन पस्तुत हुने गृह मन्त्रालयले जनाएको छ ।
निर्वाचनमा दुई लाख ९८ हजार पाँच सय ७९ सुरक्षाकर्मी परिचालन गरिएको मन्त्रालयको भनाइ छ । मौन अवधिमा राजनीतिक दल तथा उम्मेदवारहरुले पालना गर्नुपर्ने नियम र आचारसंहिता उल्लंघन लगायतका विषयको अनुगमकन लागि हरेक निर्वाचन क्षेत्रमा घुम्ती टोली खटाइएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ मंसिर २०७९, १९ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृह मन्त्रालयद्वारा हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाबारे छानबिन टोली गठन
सि चिनफिङको पुस्तक जलाउने घटनामा छानबिन गरी दोषीमाथि कारवाही गर्न गृहको निर्देशन
इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय
गृह मन्त्रालयको नियन्त्रण कक्षबाट देशभरको निर्वाचन सुरक्षा गतिविधि अनुगमन
निर्वाचनको सम्पूर्ण तयारी पूरा : गृह मन्त्रालय
विवादमा तानिँदै घन्टी पार्टी, वालेन्द्र साहको नागरिकता विवरणबारे छानबिन गर्न गृह मन्त्रालयमा उजुरी