काठमाडौं । गृह मन्त्रालयले निर्वाचनलाई असर गर्ने कुनै पनि गतिविधि नियन्त्रण गर्न सरकार सक्षम रहेको दावी गरेको छ । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृह मन्त्रालयका सचिव विनोद प्रकाश सिंहले भयरहित रुपमा मतदान सम्पन्न गराउन सरकार प्रतिवद्ध रहेको बताए। उनले सुरक्षाका हिसाबले कुनै कमी नहुने भन्दै आवश्यक प्रबन्ध मिलाएको जानकारी दिए । उनले हवाई र स्थल गस्ती हुने भन्दै त्यसको प्रबन्ध मिलाएको जानकारी दिए ।
कुनै पनि मतदान केन्द्रमा केही भए नेपाली सेनाको टोली बढीमा ३० मिनेटमा पुग्न सक्नेगरी व्यवस्था गरेको सचिव सिंहले बताए। उनले हवाई गस्तीका लागि नेपाली सेना र निजी क्षेत्रको हेलिकोप्टर तयारी अवस्थामा राखिएको जनाए।
गृह मन्त्रालयले निर्वाचन विथोल्नसक्ने सम्भावित समूह र संगठन पहिचान गरेको र कतिपयलाई नियन्त्रणमा समेत लिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ मंसिर २०७९, १५ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सि चिनफिङको पुस्तक जलाउने घटनामा छानबिन गरी दोषीमाथि कारवाही गर्न गृहको निर्देशन
इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय
गृह मन्त्रालयको नियन्त्रण कक्षबाट देशभरको निर्वाचन सुरक्षा गतिविधि अनुगमन
निर्वाचनको सम्पूर्ण तयारी पूरा : गृह मन्त्रालय
विवादमा तानिँदै घन्टी पार्टी, वालेन्द्र साहको नागरिकता विवरणबारे छानबिन गर्न गृह मन्त्रालयमा उजुरी
निष्पक्ष र निर्भीक भई आचारसंहिता अनुगमन गर्न सहायक प्रजिअलाई गृह मन्त्रालयको निर्देशन