काठमाडौं । गृह मन्त्रालयले निर्वाचनलाई असर गर्ने कुनै पनि गतिविधि नियन्त्रण गर्न सरकार सक्षम रहेको दावी गरेको छ । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृह मन्त्रालयका सचिव विनोद प्रकाश सिंहले भयरहित रुपमा मतदान सम्पन्न गराउन सरकार प्रतिवद्ध रहेको बताए। उनले सुरक्षाका हिसाबले कुनै कमी नहुने भन्दै आवश्यक प्रबन्ध मिलाएको जानकारी दिए । उनले हवाई र स्थल गस्ती हुने भन्दै त्यसको प्रबन्ध मिलाएको जानकारी दिए ।
कुनै पनि मतदान केन्द्रमा केही भए नेपाली सेनाको टोली बढीमा ३० मिनेटमा पुग्न सक्नेगरी व्यवस्था गरेको सचिव सिंहले बताए। उनले हवाई गस्तीका लागि नेपाली सेना र निजी क्षेत्रको हेलिकोप्टर तयारी अवस्थामा राखिएको जनाए।
गृह मन्त्रालयले निर्वाचन विथोल्नसक्ने सम्भावित समूह र संगठन पहिचान गरेको र कतिपयलाई नियन्त्रणमा समेत लिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ मंसिर २०७९, १५ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृह मन्त्रालयले ओली र दाहालका मापदण्ड विपरीतका सुरक्षाकर्मी फिर्ता बोलायो
अध्यागमन र भिजिट भिसा प्रकरणको प्रतिवेदन गृह मन्त्रालयमा पठाउने निर्णय
विरोधका कार्यक्रम शान्तिपूर्ण ढङ्गबाट गर्न गृह मन्त्रालयको आग्रह
फरार अभियुक्त पक्राउ गर्न गृह मन्त्रालयले बढायो सक्रियता
कर्मचारीलाई कडा निर्देशनः २४ घण्टाभित्र हाजिर नभए कारबाही (सूची)
स्पेन प्रकरण छानबिनका लागि गृह मन्त्रालयमा उच्चस्तरीय बैठक