चुनावबाट देश ठूलो पार्टी मुक्त हुन्छ : पशुपतिसमशेर जबरा

सफल खबर संवाददाता

विहीबार, ०१ मंसिर २०७९, १९ : १६
चुनावबाट देश ठूलो पार्टी मुक्त हुन्छ : पशुपतिसमशेर जबरा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपतिसमशेर जबराले मंसिर ४ गतेको चुनावबाट देशलाई ठूलो पार्टी मुक्त बनाउने बताएका छन ।राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौं क्षेत्र नम्बर २ ले साँखुमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै पूर्वअध्यक्ष राणाले मंसिर ४ गतेको निर्वाचनपछि देशलाई ठूलो पार्टी मुक्त बनाउने बताएका छन ।

उनले राप्रपा सनातनधर्मी र मुलुकप्रति इमान राख्ने पार्टी भएको भन्दै देशका दुई ठूला पार्टीहरु पापीहरुले भरिएको पार्टी भनि टिप्पणी गरे । उनले संसदमा सबै पार्टी चाहिने उल्लेख गर्दै संसदमा गएर राप्रपाका नेताहरुले खबरदारी गर्ने बताए । उनले मुलुकको संरक्षण गर्ने एक मात्र विकल्प राप्रपा भएको बताए।

कार्यक्रममा बोल्दै राप्रपाको तर्फबाट काठमाडौं क्षेत्र नं। २ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार कुन्ती पोखरेलले आफ्नो क्षेत्रमा ३३ वर्षदेखि आएको बजेटको फाइल पल्टाउने बताए। ३३ वर्षदेखि सो क्षेत्रमा विकास हुन नसकेको भन्दै उनले क्षेत्रले आफूलाई नै कुरेको बताए । उनले क्षेत्र नं। २ बनाउनका लागि आफू आएको बताए । पोखरेलले आफ्ना प्रतिष्पर्धीहरु मध्ये सांसद नभइकन नै आफूले युवा, महिला र स्वास्थ्यको क्षेत्रमा धेरै काम गरेको बताए ।

उनले आफ्नो जित निश्चित भएको दाबी गरे । उनले क्षेत्रको विकासको लागि जनतासँग मिलेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस