सुकुम्बासी समस्या हल गर्न केन्द्रीत हुनेछु : डा. भोजराज अधिकारी

सफल खबर संवाददाता

विहीबार, ०१ मंसिर २०७९, १५ : ५०
सुकुम्बासी समस्या हल गर्न केन्द्रीत हुनेछु : डा. भोजराज अधिकारी

चितवन । प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर ३ का साझा उम्मेदवार डा। भोजराज अधिकारीले सुकुम्बासी समस्या हल गर्न केन्द्रीत हुने बताएका छन् । धेरै स्थानमा गठबन्धन सरकारकै नेतृत्वमा निस्सा एवं  पुर्जा वितरण गरिएको उल्लेख गर्दै उनले चुनाव लगत्तै बाँकी सबै प्रक्रिया कार्यान्वयन हुने बताए ।

'म आफैं सुकुम्बासी समस्याको भुक्तभोगी हुँ',भरतपुर १४ को चुनावी कोणसभालाई सम्बोधन गर्दै डा। भोजराजले भने,'मैले लालपुर्जा दिन सकेको पहल गर्छु ।'सँगसँगै यहाँका जनताको जिवनस्तर सुधार गर्न पनि योजना निर्माण गर्ने उनले बताए । उनले भने, 'लालपुर्जा पाएर मात्रै भएन, सबै समृद्ध हुने गरि काम गर्नुछ ।'थारू भाषालाई स्थानीय पाठ्यक्रममा समावेश गर्न पहल गर्ने उनको प्रतिबद्धता छ ।

यस्तै गठबन्धन अन्तर्गत प्रदेशसभा चितवन ३ (२) का उम्मेदवार ठाकुर प्रसाद ढकालले युवा र महिला समुह केन्द्रीकृत सामाजिक सरकारका रूपमा रूपान्तर गर्ने बताए । चुनावी कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार ढकालले समतामूलक समाज निर्माण गर्न चाहेको बताए । 

प्रतिक्रिया दिनुहोस