सन् २०१६ को राष्ट्रपति निर्वाचनकाे पिडा अझै छ : ओबामा

एजेन्सी

विहीबार, ०१ मंसिर २०७९, १४ : ५८
सन् २०१६ को राष्ट्रपति निर्वाचनकाे पिडा अझै छ : ओबामा

एजेन्सी । अमेरिकी पूर्वप्रथम महिला मिसेल ओबामाले सन् २०१६ मा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि आफूलाई चोट परेको र त्यो क्षणले आफूलाई अझै पनि दुःखित बनाएको बताएकी छिन् । 

उनले बीबीसीलाई भनिन्, ‘सन् २०१६ को चुनावले अझै पीडा दिन्छ । यो सामान्य राजनीतिक पराजयभन्दा पनि धेरै कुरूप जस्तो लाग्यो ।’उनले आफ्नो नयाँ पुस्तक ‘द लाइट वी क्यारी’ को विमोचनअघि बोल्दै सो भनाइ राखेकी हुन् । सन् २०२४ मा डोनाल्ड ट्रम्पले राष्ट्रपतिको उम्मेदवार दिने बताइरहेका बेला मिसेलले ट्रम्पबारे टिप्पणी गरेकी हुन् ।

मिसेलले राष्ट्रपति निर्वाचनमा प्रतिष्प्रर्धाको सम्भावनालाई भने अस्वीकार गरिन् ।‘अमेरिकीलाई फेरि महान र गौरवशाली बनाउने’ लक्ष्यसहित ट्रम्पले बुधबार आफूले पार्टीका तर्फबाट उम्मेदवारी दिने घोषणा गरेका थिए ।  ओबामा सन् २००९ देखि सन् २०१७ सम्म अमेरिकाको राष्ट्रपति बनेका थिए ।
 

प्रतिक्रिया दिनुहोस