भोजराजप्रति जनताको उत्साह, जित निश्चित भन्दै दिए बधाई

सफल खबर संवाददाता

विहीबार, ०१ मंसिर २०७९, १४ : ४२
भोजराजप्रति जनताको उत्साह, जित निश्चित भन्दै दिए बधाई

चितवन  । चुनावी घरदैलोको आज अन्तिम दिन उम्मेदवारहरूले प्रचार अभियानलाई आक्रामक बनाएका छन् । यसैक्रममा प्रतिनिधिसभा चितवन ३ का साझा उम्मेदवार डा.भोजराज अधिकारी बाँकी घरदैलो गर्न केन्द्रीत छन् । उनको उम्मेदवारीले मतदातामा उत्साह बढाएको छ । सो अवसरमा उनलाई फुल, मालासहित अग्रिम बधाई दिईरहेका छन् ।

भरतपुर १४ शिवनगरका विष्णु न्यौपानेले जित निश्चित रहेको बताए । हजुरको जित निश्चित छ, विष्णुले भने,'तर समस्या धेरै छन्'जनताको सेवामा केन्द्रीकृत हुनपर्छ । यस्तै पकौडीका मनिष पौडेलले युवाले नेतृत्व लिनुपर्ने बताए । उनले भने, 'अब युवा उम्मेदवारको माग भएकोले डा.भोजराजलाई जिताउन पर्छ'। यहाँ काम गर्न धेरै बाँकी रहेकोले गठबन्धनका उम्मेदवारले कार्यान्वयन हुने योजना ल्याउने भिमसेननगरका स्थानीय दुर्गा भण्डारीले बताए ।


 

प्रतिक्रिया दिनुहोस