डा. भोजराज अधिकारी भन्छन् : ‘एमालेबाट पनि सहयोग हुने अपेक्षा राखेको छु’

सफल खबर संवाददाता

विहीबार, ०१ मंसिर २०७९, ११ : ४५
डा. भोजराज अधिकारी भन्छन् : ‘एमालेबाट पनि सहयोग हुने अपेक्षा राखेको छु’

चितवन । मंसिर ४ को निर्वाचन नजिकिँएसँगै उम्मेदवारहरूले चुनावी दौडधुप आक्रामक बनाएका छन् । मत माग्ने घरदैलोको अन्तिम दिन आज उम्मेदवारहरूले बिहानैदेखि बाँकी रहेका ( अनौपचारिक भेटघाट बढाएका हुन् । यसै सन्दर्भमा चितवनको चुनावी माहोल तातेको छ । त्यसमा पनि चितवन निर्वाचन क्षेत्र नम्बर ३ लाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) निर्वाचित भएको र यसपटक फरक उम्मेदवार प्रस्तुत भएकाले पनि यहाँ सबैको चासो बढेको हो । सँगसँगै काँग्रेससहितको गठबन्धन र एमालेको उम्मेदवार नभएकोले पनि मैदानमा भएका उम्मेदवारहरू एकअर्कालाई मनाउन चाहान्छन् । यसै क्रममा प्रचण्डको कार्यभार लिने गरि वरिष्ठ चिकित्सक डा. भोजराज अधिकारी पनि चुनावी प्रतिस्पर्धामा छन् । चितवनको माडी देखि भरतपुरको पश्चिम भेग चितवन ३ मा पर्छ । कांग्रेस, माओवादी, नेकपा एस, राष्ट्रिय जनमोर्चा, जसपा नेपालसहित केही स्वतन्त्रको पनि डा. भोजराजलाई सडमर्थन छ । तर प्रतिस्पर्धामा कांग्रेसकै बागी पुर्व केन्द्रीय सदस्य दिनेश कोईराला मैदानमा छन् । उनलाई नेकपा एमाले समेतको समर्थन छ ।

यसकारण पनि उनलाई चुनौती छ । राप्रपाका विक्रम पाण्डेले पनि केही जनसमर्थन पाउने विश्लेषण देखिन्छ । अन्य उम्मेदवार खासै चर्चामा छैनन् ।  भोजराजलाई गठबन्धन अन्तर्गत कांग्रेसकै मत काटिने चिन्ता छ । तर पनि गठबन्धनकै नेतृत्वकर्ता कांग्रेसले उनलाई विश्वस्त बनाउने प्रयास गरिरहेको छ । कांग्रेस भित्र बलियो समुहका रूपमा स्थापित विकास कोईराला समुह उनका लागि आशाको बलियो आधार हो । कोईराला समुह गठबन्धनकै पक्षमा छ ।

एमालेको सहयोग रहने विश्वास
उनलाई एमालेको साथ पाउने विश्वास छ । प्रथमतः यहाँ एमालेको उम्मेदवार नै छैनन् । मुल कारण एमाले कार्यकर्ता स्वतन्त्र हुदाँ उनलाई एमाले पंक्तिबाट अत्याधित मत आउँछ ।त्यसमा पनि उनले धेरै आधार प्रस्तुत गरेका छन् । पहिलो कारणका रूपमा विभिन्न कालखण्डमा एमाले भित्रका केही ईमान्दार नेता, कार्यकर्तासँग (स्वास्थ्यकर्मीसहित) आफ्नै पक्षमा हुनेछन् ।

दोस्रो, उनको कार्यशैली र स्वभाव हो । डा। भोजराज सरल, मिलनसार, हितकारी, एकअर्काको अपनत्व स्वीकार्न सक्ने उनको क्षमता छ ।तेस्रो, अन्य उम्मेदवार भन्दा उनी योग्य, विज्ञ र क्षमता छन् भन्ने जनविश्वास सर्वप्रिय छ । चौथो ,उनी युवा हुन् । पाचौं ,फरक पेशाबाट आएका अन्य भन्दा ईमान्दार होलान् । छैटौं, उनका एजेन्डा ९६  स्पष्ट छन् । सातौं चिकित्सकिय पेशाबाट आएकाले स्वास्थ क्षेत्रमा केही नयाँ योजना ल्याउन सक्छन् साथै कार्यान्वयनका लागि कार्यकारी जिम्मेवारी (स्वास्थ्य मन्त्री)  हुनसक्ने सम्भावना पनि छ । र अन्त्यमा उनी बामपंथी भएकोले पनि एमाले पंक्ति उनलाई मत दिन सक्छन् । 

प्रतिक्रिया दिनुहोस