मतदाताकाे अमूल्य मतले मुलुकको भाग्य र भविष्य बन्छ: प्रधानमन्त्री देउवा

सफल खबर संवाददाता

विहीबार, ०१ मंसिर २०७९, ११ : ४३
मतदाताकाे अमूल्य मतले मुलुकको भाग्य र भविष्य बन्छ: प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदानलाई लोकतन्त्रको उत्सवको रुपमा मनाउन आग्रह गरेका छन।

उनलेआज बिहिबार सामाजिक सञ्जाल फेसबुमा मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको सन्दर्भ पारेर भिडियो सन्देश जारी गरेका हुन । उनले भने, ‘निर्वाचनमा तपाईहरूको अमूल्य मतले मुलुकको भाग्य र भविष्यको मार्ग प्रशस्त गर्ने छ ।’

दुई-दुई पटक संसद विघटन भएपछि असहज र अन्योलपूर्ण परिस्थिति आएका कारण सहमति र सहकार्यको जगमा गठबन्धन सरकार गठन भएको उनको तर्क छ । सहमति र सहकार्यकै आधारमा देशलाई अघि बढाउन प्रतिवद्ध रहेको समेत उनले दावी गरेका छन ।

प्रतिक्रिया दिनुहोस