आज मध्यरातिदेखि नेपाल-भारत सीमानाका बन्द

सफल खबर संवाददाता

विहीबार, ०१ मंसिर २०७९, ११ : २४
आज मध्यरातिदेखि नेपाल-भारत सीमानाका बन्द

सप्तरी । आसन्न ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरि सप्तरी जिल्लासँग जोडिएको नेपाल-भारत सीमानाका बिहीबार मध्यरातिदेखि बन्द हुने भएकाे छ । 

जिल्ला प्रशासन कार्यालय सप्तरीका अनुसार बिहीबार राति १२ बजेदेखि ४ मंसिर आइतबार मध्यराति १२ बजेसम्म सीमानाका बन्द हुनेछ । निर्वाचनलाई स्वतन्त्र,निष्पक्ष एवं भयरहित  वातावरणमा सम्पन्न गर्नको लागि नेपाल–भरात सीमानाकाहरु बन्द गर्न लागेकाे सप्तरीका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस