काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको कठोर नीतिका कारण नै अर्थतन्त्रमा सुधार आइरहेको दाबी गरेका छन् ।
बुधवार नेपाल बैंक लिमिटेडको ८६ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले अर्थतन्त्र खस्किरहेको बेलामा सरकार र राष्ट्र बैंकले लिएका कठोर निर्णयबाट नै अर्थतन्त्र सुधारोन्मुख रहेको बताएका हुन् ।
उनले अप्रिय लाग्ने तर अर्थतन्त्र सुधारका लागि अत्यावश्यक पोलिसिगत निर्णय नगरेको भए अर्थतन्त्रमा सुधारको संकेत नदेखिनेसमेत दाबी गरे । उनले विगतमा गरिएको पोलिसीगत निर्णयहरु अर्थतन्त्रलाई सुधार गर्न र स्थायित्व दिनका गरिएको स्पष्ट पारे ।
गभर्नर अधिकारीले राष्ट्र बैंकले लिएको पोलिसीले सकारात्मक रुपमा काम गरेको अहिलेको सुधारोन्मुख अर्थतन्त्रले पुष्टि गरेको बताए । उनले लामो समयदेखि बाह्य क्षेत्रमा धेरै पीडादायी स्थितीमा रहेको भए पनि चालु आर्थिक वर्षको तीन महिनाको तथ्यले वर्तमान आर्थिक स्थिति सन्तोषजनक देखाएको बताए ।
असोज मसान्तसम्म आइपुग्दा भुक्तानी सन्तुलन १४ महिनापछि सकारात्मक बनेको उनको भनाइ थियो । गभर्नर अधिकारीले असोज मसान्तसम्म भुक्तानी सन्तुलन १२ अर्बले बढेको बताए । उनले अर्थतन्त्रलाई अहिलेको अवस्थामा ल्याउन आयात प्रतिबन्ध लगाउने लगायत धेरै नीति लिनुपरेको बताए ।
उनले आर्थिक वर्ष २०७९र८० को असोजसम्ममा आयात र निर्यात दुवै घटेको बताए । असोजसम्ममा आयात ३५।७ प्रतिशत र निर्यात १६।२ प्रतिशतले घटेको बताए । उनले भने, ‘नेपाल राष्ट्र बैंकले लिएको पोलिसीले सकारात्मक रुपमा काम गरेको कुरा अहिलेको रिजल्टबाट देखिएको छ । अर्थतन्त्रलाई सही ट्रयाकमा लैजाने आशामा छौँ ।’
गभर्नर अधिकारीले लिक्विडिटीका कारणले कुनैपनि बैंकलाई अफ्ठ्यारोमा पार्ने स्थिति आउन नदिने दाबी गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ मंसिर २०७९, ०८ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल राष्ट्र बैङ्कले गर्यो बैङ्किङ क्षेत्र सुधार सुझाव कार्यदल गठन
गभर्नर नियुक्तिविरुद्धको रिटमा आज अन्तरिम आदेशका लागि सुनुवाइ
गभर्नर विश्वनाथ पौडेलविरुद्धको रिटमा आज पेसी
गभर्नर विश्वनाथ पौडेलविरुद्ध सर्वोच्चमा रिट
विश्व पौडेललाई नै गभर्नर बनाउने सहमति
गभर्नर सिफारिस समितिमा पोषराज पाण्डे नियुक्त