अञ्जनको गोलमा नेपाल विजयी

सफल खबर संवाददाता

बुधबार, ३० कार्तिक २०७९, २० : ३४
अञ्जनको गोलमा नेपाल विजयी

काठमाडौं । पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी भएको छ । दशरथ रंगशालामा भएको खेलमा नेपालले पाकिस्तानलाई १–० को पराजित गरेको हो । 

नेपालकाे जितमा ८३ औं मिनेटमा अञ्जन विष्टले निर्णायक गोल गरे। उनको यो ११औं अन्तर्राष्ट्रिय गोल हो । खेलमा दुवै टिमले गोल गर्ने केही मौका पाए पनि त्यसलाई सदुपयोग गर्न सकेका थिएनन् ।

विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) ले प्रतिबन्ध फुकाएपछि झन्डै साँढे तीन वर्षपछि मैदान फर्किएको पाकिस्तानले पनि केही आक्रमण बुनेपनि गोल भने गर्न सकेन ।

दशरथ रंगशालामा नेपालको यो ५० औं खेल हो ।

प्रतिक्रिया दिनुहोस