कृष्णगोपाल अङ्कलको यात्रा रोकिन्छ, परिवर्तनको पाइला चल्छ : मिलन पाण्डे

सफल खबर संवाददाता

बुधबार, ३० कार्तिक २०७९, १९ : ३८
कृष्णगोपाल अङ्कलको यात्रा रोकिन्छ, परिवर्तनको पाइला चल्छ : मिलन पाण्डे

काठमाडौं । काठमाडौँ क्षेत्र नं ९ का प्रतिनिधि सभा उम्मेदवार मिलन पाण्डेले यो चुनावमा ३१ वर्षदेखि उम्मेदवार बनेका प्रतिद्वन्द्वी कृष्णगोपाल श्रेष्ठको संसद् यात्रा रोकिने बताएका छन् । विभिन्न कलाकार र स्थानीयहरूसँग बुधबार बिहान कलङ्की देखी स्युचाटारसम्म ‘पाइला यात्रा’ गरेका पाण्डेले यस पटक काठमाडौं ९ बाट नागरिकहरूले यसपालि नयाँ सन्देश दिन पनि आफूलाई विजयी गराउन आग्रह गरे।

‘कृष्णगोपाल अङ्कल पहिलो चोटि चुनाव लड्दा म २ वर्षको बच्चा थिए। अहिले म आफै ३३ वर्षको भइसके, मेरै दुइटा बच्चा छन् तर अहिले ३१ वर्ष पछि पनि हाम्रो उम्मेदवार उहाँ नै हुनुहुन्छ’, उम्मेदवार पाण्डेले भने। पछिल्लो स्थानीय चुनावमा धरान र काठमाडौँमा नयाँ र युवाले जितेर परिवर्तनको सङ्केत गरे पनि क्षेत्र नं ९ मा सधैँ पुरानैलाई छान्ने र पछि पछुताउने क्रम यसपालि भङ्ग गर्नुपर्ने उनको तर्क थियो।

३० कार्तिक २०७९, बुधबार

  •  

31Shares

facebook sharing button

twitter sharing button

pinterest sharing button

email sharing button

sharethis sharing button

काठमाडौं । काठमाडौँ क्षेत्र नं ९ का प्रतिनिधि सभा उम्मेदवार मिलन पाण्डेले यो चुनावमा ३१ वर्षदेखि उम्मेदवार बनेका प्रतिद्वन्द्वी कृष्णगोपाल श्रेष्ठको संसद् यात्रा रोकिने बताएका छन् । विभिन्न कलाकार र स्थानीयहरूसँग बुधबार बिहान कलङ्की देखी स्युचाटारसम्म ‘पाइला यात्रा’ गरेका पाण्डेले यस पटक काठमाडौं ९ बाट नागरिकहरूले यसपालि नयाँ सन्देश दिन पनि आफूलाई विजयी गराउन आग्रह गरे।

‘कृष्णगोपाल अङ्कल पहिलो चोटि चुनाव लड्दा म २ वर्षको बच्चा थिए। अहिले म आफै ३३ वर्षको भइसके, मेरै दुइटा बच्चा छन् तर अहिले ३१ वर्ष पछि पनि हाम्रो उम्मेदवार उहाँ नै हुनुहुन्छ’, उम्मेदवार पाण्डेले भने। पछिल्लो स्थानीय चुनावमा धरान र काठमाडौँमा नयाँ र युवाले जितेर परिवर्तनको सङ्केत गरे पनि क्षेत्र नं ९ मा सधैँ पुरानैलाई छान्ने र पछि पछुताउने क्रम यसपालि भङ्ग गर्नुपर्ने उनको तर्क थियो।

कलङ्की मन्दिरबाट सुरु भएको यात्रा स्युचाटारकमा पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभामा कलाकार तथा चलचित्र निर्माता रबिन्द्र सिंह बाँनीया र उम्मेदवार पाण्डेले सम्बोधन गरेका थिए। कलाकार बाँनीयाले आफू कलाकर्ममा भएपनि राजनीतिबाट निराश भएर अहिले मिलन पाण्डे जस्तै युवाहरूलाई संसद्मा पुर्‍याउने अभियानमा लागेको बताए।

पाण्डेलाई यसपालि यस क्षेत्रमा प्रमुख प्रतिस्पर्धीको रूपमा हेरिएको छ। पाइला चुनाव चिन्ह लिएर काठमाडौँ ९ मा उठेका पाण्डे प्रतिस्पर्धामा रहेको यस क्षेत्रमा एमालेका कृष्णगोपाल श्रेष्ठ र सत्ता गठबन्धनबाट माओवादीकी कल्पना धमला उम्मेदवार छिन्। अघिल्लो संसदीय चुनावमा मिलन पाण्डे यस क्षेत्रमा लगभग ५००० भोट ल्याएर तेस्रो भएका थिए।

प्रतिक्रिया दिनुहोस