एजेन्सी । रुस–युक्रेन युद्धका बीच पोल्याण्डमा मिसाइल खसेपछि विश्वमा त्रास फैलिएको छ । नाटोका सदस्य राष्ट्रहरू झुक्किएका छन् । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसमाथि कडा आरोप लगाएका छन् तर अमेरिकाले अहिले जे खुलासा गरेको छ त्यो युक्रेनी राष्ट्रपतिका लागि लज्जास्पदभन्दा कम छैन ।
अमेरिकी अधिकारीहरुका अनुसार प्रारम्भिक अनुसन्धानले पोल्याण्डमा खसेको मिसाइल युक्रेनी सेनाले रुसी मिसाइलको जवाफमा प्रहार गरेको देखाएको छ । युक्रेनको सिमाना नजिक पूर्वी पोल्याण्डको एक गाउँ प्र्जेवोडोमा भएको विस्फोटमा दुई जनाको मृत्यु भएको अग्निनियन्त्रकहरूले बताएका छन् । ह्वाइट हाउसले पनि पोल्याण्डबाट आएका रिपोर्टहरू पुष्टि गर्न नसकिने र थप जानकारी संकलन गर्न पोल्यान्ड सरकारसँग काम गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ३० कार्तिक २०७९, ११ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरान-अमेरिका अप्रत्यक्ष वार्ताको अर्को चरण आइतबार ओमानमा हुने
भारत र पाकिस्तानलाई आक्रमण बन्द गर्न अमेरिकाको अपिल
अमेरिकामा घरमाथि प्लेन खस्यो
अमेरिकामा दादुराका आठ सय भन्दा बढी बिरामी भेटिएको पुष्टि
अमेरिकामा हजारौं नागरिकले घेरे राष्ट्रपति ट्रम्प निवास, सबै राज्यमा प्रदर्शन
सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने अमेरिकाको तयारी