एजेन्सी । रुस–युक्रेन युद्धका बीच पोल्याण्डमा मिसाइल खसेपछि विश्वमा त्रास फैलिएको छ । नाटोका सदस्य राष्ट्रहरू झुक्किएका छन् । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसमाथि कडा आरोप लगाएका छन् तर अमेरिकाले अहिले जे खुलासा गरेको छ त्यो युक्रेनी राष्ट्रपतिका लागि लज्जास्पदभन्दा कम छैन ।
अमेरिकी अधिकारीहरुका अनुसार प्रारम्भिक अनुसन्धानले पोल्याण्डमा खसेको मिसाइल युक्रेनी सेनाले रुसी मिसाइलको जवाफमा प्रहार गरेको देखाएको छ । युक्रेनको सिमाना नजिक पूर्वी पोल्याण्डको एक गाउँ प्र्जेवोडोमा भएको विस्फोटमा दुई जनाको मृत्यु भएको अग्निनियन्त्रकहरूले बताएका छन् । ह्वाइट हाउसले पनि पोल्याण्डबाट आएका रिपोर्टहरू पुष्टि गर्न नसकिने र थप जानकारी संकलन गर्न पोल्यान्ड सरकारसँग काम गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ३० कार्तिक २०७९, ११ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य
अमेरिका–इरानबीच फेरि तनाव, दुवै पक्षबाट आक्रमण
भारतमा रहेका अमेरिकी राजदूत किन आउन लागे नेपाल ?
चीनलाई इरान–अमेरिका तनावले सकस: उत्पादन र निर्यातमा गम्भीर असर
अमेरिकी उच्च अधिकारी नेपाल आएलगत्तै भारतीय उच्च अधिकारीको पनि भ्रमण
आफ्ना विरोधीलाई साथ दिने व्यक्तिमाथि भिसा प्रतिबन्ध लगाउने अमेरिकाको घोषणा