नबिल बैंकको कोहलपुर शाखामा आगलागी

सफल खबर संवाददाता

बुधबार, ३० कार्तिक २०७९, १० : १७
नबिल बैंकको कोहलपुर शाखामा आगलागी

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका ११ स्थित नबिल बैंकको शाखा कार्यालयमा आज बिहान आगलागी भएको छ ।

आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन । घरको दोस्रो तलामा आगलागी भएको हो ।

आज बिहान ५ः२५ बजे लागेको आगो एक घण्टापछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डीएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए ।

उनका अनुसार दमकलको सहायताले आगो निभाइएको थियो ।

प्रतिक्रिया दिनुहोस