चितवनमा ठूलो परिमाणको प्रतिबन्धित लागूऔषध गाँजा जलाएर नष्ट

सोमबार, ११ असार २०७५, १२ : ०२
चितवनमा ठूलो परिमाणको प्रतिबन्धित लागूऔषध गाँजा जलाएर  नष्ट

चितवन । इलाका प्रहरी कार्यालय खैरहनी चितवनले ठूलो परिमाणको प्रतिबन्धित लागूऔषध गाँजा नष्ट गरेको छ । एक घरमा लुकाई राखिएको अवस्थामा बरामद गरिएको ११२ किलो गाँजा प्रहरीले नष्ट गरेको हो । खैरहनीका वडाध्यक्ष, जिल्ला अदालतका प्रतिनिधि, जिल्ला प्रसासन कार्यालय र पत्रकारको रोहवरमा आइतबार गाँजा जलाएर नष्ट गरिएको प्रहरीले जनाएको छ ।

राप्ती नगरपालिका–११ स्थित ठूलीमाया तामाङको घरमा भण्डारण गरी राखेको अवस्थामा बरामद गरिएको ११२ किलो गाँजा नष्ट गरिएको हो ।

गाँजा भण्डारण गरेको आरोपमा ठूलीमाया तामाङलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक कैलाश विष्टले जानकारी दिनुभयो ।

लागूऔषध (नियन्त्रण) ऐनबमोजिम गाँजा सञ्चय गर्ने व्यक्तिलाई दुई वर्षदेखि १० वर्षसम्म कैद तथा रु १५ हजारदेखि एक लाख जरिवाना हुनसक्ने प्रहरी निरीक्षक विष्टले बताउनुभयो । चितवनको राप्ती र खैरहनी नगरपालिकाको पहाडी क्षेत्रमा बढी गाँजाखेती हुने गरेको छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस